

गौशाला (महोत्तरी), असार २८ गते । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारले प्रस्तुत गरेको बजेट चार सातादेखि पारित हुन सकेको छैन। सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा असार १४ गतेदेखि प्रदेश सभा बैठक निरन्तर अवरुद्ध छ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारले ल्याएको बजेटमाथि प्रतिपक्षी दलहरू– जनता समाजवादी पार्टी (नेपाल), जनमत पार्टी र राप्रपा नेपालले तीव्र असन्तुष्टि जनाएका छन्। प्रतिपक्षले प्रदेश लोक सेवा आयोग र जनलोकपालका नियुक्ति खारेज गर्नुपर्ने तथा बजेट मन्त्री-केन्द्रित र कमिसनमुखी भएकाले पुनर्लेखन गर्नुपर्ने माग राखेका छन्।
पूर्वमुख्यमन्त्री लालबाबु राउत र पूर्वअर्थमन्त्री संजय यादवले बजेटले आर्थिक अनियमिततालाई संस्थागत गर्न खोजेको र १२ करोड ४० लाखको पोषण कार्यक्रम सेटिङका आधारमा बाँडिएको आरोप लगाउनुभयो।
उता सत्तापक्षले भने बजेट सरोकारवालाहरूसँगकै छलफलमा ल्याइएको दाबी गरेको छ। अर्थमन्त्री युवराज भट्टराईले संवादमार्फत विवाद समाधान गर्न र आवश्यक परे योजना मागको विवरण सार्वजनिक गर्न सरकार तयार रहेको बताउनुभयो।
लामो गतिरोधका कारण विकास आयोजना र सरकारी कामकाज प्रभावित हुने चिन्ता बढेका बेला, सहमति नजुटे सरकारले अध्यादेशमार्फत बजेट कार्यान्वयन गर्ने विकल्पमा समेत प्रारम्भिक तयारी थालेको स्रोतले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























