09/18/2026, 20:59:36
शुक्रबार, असोज ०२, २०८३

आन्तरिक रोजगारी र सुरक्षित कार्यस्थल सरकारको प्राथमिकता: मन्त्री रामजी यादव


सप्तरी, असोज २ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन आवश्यक कानुन र नीति निर्माण गरी आन्तरिक रोजगारी विस्तार गर्ने सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ।

सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले सरकारले कम्तीमा एक लाख युवाका लागि रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो।

मन्त्री यादवले राजविराजको विवादित बिटौरी जग्गाको लालपुर्जा दसैंअघि नै वितरण गर्ने, गजेन्द्रनारायण सिंह अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरी ८० जना स्थायी कर्मचारीको दरबन्दी स्वीकृत भइसकेको र रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण छिट्टै सुरु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साथै औद्योगिक क्षेत्रमा कपडा, ट्रान्सफर्मर र टायल उद्योग सञ्चालनको प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले औद्योगिक क्षेत्रको पूर्ण सञ्चालन, किसानका लागि मलखाद/बीऊ र सिँचाइ सुविधा, नदी नियन्त्रण तथा पूर्वाधार सुधारका मागहरू मन्त्रीसमक्ष राखेका थिए।

कार्यक्रमका मुख्य घोषणा तथा निर्णयहरू

विषय / योजनाविवरण तथा लक्ष्य
रोजगारीको लक्ष्यकम्तीमा १ लाख युवाका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने
जग्गा लालपुर्जा वितरणराजविराजको विवादित बिटौरी जग्गाको लालपुर्जा दसैँअघि नै बाँड्ने
स्वास्थ्य क्षेत्र सुधारगजेन्द्रनारायण सिंह अस्पताल १०० शय्यामा स्तरोन्नति, रामराजा प्रतिष्ठानको टेन्डर प्रक्रिया अन्तिम चरणमा
औद्योगिक विकासकपडा, ट्रान्सफर्मर र टायल उद्योग स्थापना गरी औद्योगिक क्षेत्र पूर्ण सञ्चालनमा ल्याउने