काठमाडौँ, असार २२ गते । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ८८ पैसा र बिक्रीदर १७४ रुपियाँ ५७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ०१ पैसा र बिक्रीदर २०३ रुपियाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ २६ पैसा र बिक्रीदर १९० रुपियाँ ०० पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपियाँ ५२ पैसा र बिक्रीदर १०५ रुपियाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ०८ पैसा र बिक्रीदर १०७ रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ७२ पैसा र बिक्रीदर ११८ रुपियाँ १८ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४२ पैसा र बिक्रीदर नौ रुपियाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४२ पैसा र बिक्रीदर २२ रुपियाँ ५१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४९ पैसा र बिक्रीदर ४० रुपियाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ७१ पैसा र बिक्रीदर ४१ रुपियाँ ८८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ३९ पैसा र बिक्रीदर ४१ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९४ पैसा र बिक्रीदर नौ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७५ पैसा र बिक्रीदर १५ रुपियाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २६ पैसा र बिक्रीदर २३ रुपियाँ ३६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ३९ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपियाँ ८० पैसा र बिक्रीदर ४९५ रुपियाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपियाँ ३० पैसा र बिक्रीदर ४०४ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ९१ पैसा र बिक्रीदर ३९६ रुपियाँ ४७ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























