काठमाडौँ, असार १७ गते । नेपाल राष्ट्र बैङ्कले आज (बुधाबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ १६ पैसा र बिक्रीदर १५१ रुपियाँ ७६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ २८ पैसा र बिक्रीदर १७२ रुपियाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपियाँ ०७ पैसा र बिक्रीदर २०० रुपियाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६ रुपियाँ ७० पैसा र बिक्रीदर १८७ रुपियाँ ४४ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ ०६ पैसा र बिक्रीदर १०४ रुपियाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ १७ पैसा र बिक्रीदर १०६ रुपियाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ७५ पैसा र बिक्रीदर ११७ रुपियाँ २२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ २८ पैसा र बिक्रीदर २२ रुपियाँ ३७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ २४ पैसा र बिक्रीदर ४० रुपियाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ४७ पैसा र बिक्रीदर ४१ रुपियाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५५ पैसा र बिक्रीदर चार रुपियाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ४७ पैसा र बिक्रीदर ४१ रुपियाँ ६३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ र बिक्रीदर ३७ रुपियाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७५ पैसा र बिक्रीदर नौ रुपियाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ५२ पैसा र बिक्रीदर १५ रुपियाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ०५ पैसा र बिक्रीदर २३ रुपियाँ १४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २८ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपियाँ ९४ पैसा र बिक्रीदर ४९२ रुपियाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपियाँ ९३ पैसा र बिक्रीदर ४०२ रुपियाँ ५२ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपियाँ ६४ पैसा र बिक्रीदर ३९४ रुपियाँ २० पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























