06/29/2026, 07:49:13
सोमबार, असार १५, २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, असार १५ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपियाँ ७४ पैसा र बिक्रीदर १५१ रुपियाँ ३४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९९ रुपियाँ ०१ पैसा र बिक्रीदर १९९ रुपियाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपियाँ १६ पैसा र बिक्रीदर १८६ रुपियाँ ९० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपियाँ ०० पैसा र बिक्री दर १०४ रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०६ रुपियाँ २० पैसा र बिक्रीदर १०६ रुपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११६ रुपियाँ ४९ पैसा र बिक्रीदर ११६ रुपियाँ ९५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिद दर नौ रुपियाँ ३२ पैसा र बिक्री दर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ १७ पैसा र बिक्रीदर २२ रुपियाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपियाँ १४ पैसा र बिक्रीदर ४० रुपियाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ३९ पैसा र बिक्रीदर ४१ रुपियाँ ५६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५२ पैसा र बिक्रीदर चार रुपियाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ०४ पैसा र बिक्रीदर ४१ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८८ पैसा र बिक्रीदर ३७ रुपियाँ ०३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ८२ पैसा र बिक्रीदर नौ रुपियाँ ८६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४८ पैसा र बिक्रीदर १५ रुपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९६ पैसा र बिक्री दर २३ रुपियाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ २२ पैसा र बिक्रीदर १९ रुपियाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपियाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपियाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपियाँ ८४ पैसा र बिक्रीदर ४०१ रुपियाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपियाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपियाँ ११ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..