

काठमाडौँ, असार ४ गते । युवा श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले काठमाडौँको ‘फ्रन्टलाइन’ अस्पतालको आकस्मिक अनुगमन गरेको छ। नियमित अनुगमन अन्तर्गत अस्पतालमा कार्यरत श्रमिकको पारिश्रमिक र सेवा सुविधाको अवस्था बुझ्न उक्त टोली त्यहाँ पुगेको हो।
अनुगमनका क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड पालना गरेको पाइए पनि श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अनुपात भने निकै न्यून भेटिएको छ। अस्पताल प्रशासनले नीतिगत अन्योलका कारण आबद्धता कम भएको दाबी गरे तापनि कर्मचारीहरूले भने प्रशासनले आश्वासन मात्र दिएको तर रकम जम्मा नगरिदिएको गुनासो गरेका छन्।
श्रम कार्यालयले देखिएका कमजोरी तत्काल सुधार गरी सबै कर्मचारीलाई सात दिनभित्र सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको प्रमाण पेस गर्न अस्पताललाई निर्देशन दिएको छ। यसका साथै कार्यालयले सम्पूर्ण श्रमिकको नामावली, २०८३ वैशाखको पारिश्रमिक विवरण, र स्वास्थ्य नीतिसहितको १० बुँदे विवरण माग गरेको छ।
कारखाना निरीक्षक विवेक यादवका अनुसार अस्पताल क्षेत्रमा ‘ओभरटाइम‘ बापतको सुविधा नपाएको गुनासो बढेपछि यो अनुगमन सुरु गरिएको हो र आगामी दिनमा अन्य प्रतिष्ठानहरूमा पनि यसलाई निरन्तरता दिइनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






















