06/14/2026, 12:57:55
आइतबार, जेठ ३१, २०८३

सुनको मूल्य तोलामा एक हजार दुई सयले बढ्यो


काठमाडौँ, जेठ ३१ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ ।

गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी चार हजार ८४० मा कारोबार भएको थियो । गत शुक्रबार चार हजार ८९५मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..