काठमाडौँ, जेठ ११ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको श्रेणी विभाजन गर्दै सेन्ट्रल कन्ट्रयाक्टमा रहनेको नाम सार्वजनिक गरेको छ । क्यानले ३८ पुरुष खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राख्दै श्रेणी सार्वजनिक गरेको हो ।
क्यानले सार्वजनिक गरेको श्रेणी ‘ए प्लस’ मा रहेका खेलाडीमा रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने हुनुहुन्छ ।
यस्तै श्रेणी’ ए’ मा आसिफ शेख, करण केसी, कुशल भुर्तेल र सोमपाल कामी हुनुहुन्छ । यस्तै श्रेणी ‘बी’ मा आरिफ शेख, भीम सार्की, गुलशन झा, ललित राजवंशी र नन्दन यादव रहनुभएको छ । यस्तै श्रेणी ‘सी’ मा अनिलकुमार शाह, अर्जुन कुमाल, बसिर अहमद, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, कुशल मल्ल, लोकेश बम, शाहव आलम, शेर मल्ल र सन्दीप जोरा रहनुभएको छ ।


डेभलप्मेन्ट श्रेणीमा अर्जुन घर्ति, अर्जुन साउद, आकाश चन्द, विपिन खत्री, दीपक डुम्रे, देव खनाल, नारायण जोशी, पवन सर्राफ, रसिद खान, रिजन ढकाल, सन्तोष यादव, तृतराज दास, युवराज खत्री, सागर ढकाल र प्रतिश जिसी पर्नुभएको छ ।
क्यानले श्रेणी ‘ए प्लस’ का लागि प्रति महिना एक लाख २० हजार, ‘ए’ का लागि एक लाख, ‘बी’ का लागि ७५ हजार, ‘सी’ का लागि ५५ हजार र डेभलप्मेन्ट श्रेणीमा पर्ने खेलाडीका लागि ३५ हजार पारिश्रमिक तय गरेको छ ।
महिलामा इन्दु, पूजा, रुविना र सीता ‘ए’ मा
यस्तै क्यानले २५ महिला खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा समेट्दै श्रेणी विभाजन गरेको छ । जस अनुसार श्रेणी ‘ए’ मा कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महत्तो, पूर्वकप्तान रुविना क्षेत्री र पूर्वउपकप्तान सीता रानामगर हुनुहुन्छ ।


यस्तै डेभलप्मेन्ट श्रेणीमा अनु कडायत, अश्मिना कर्माचार्य, इश्वरी विष्ट, काजल श्रेष्ठ, लक्ष्मी साउद, ममता चौधरी, रचना चौधरी, रोमा थापा, सावित्री धामी, साना प्रविण, सिमाना केसी, सोनी पाख्रिन, सुमन विष्ट र यशोदा विष्ट रहनुभएको छ ।
क्यानले ‘ए’ मा रहने खेलाडीलाई मासिक ५५ हजार, ‘बी’ मा रहनेलाई ४० हजार, ‘सी’ मा रहनेलाई ३० हजार र डेभलप्मेन्ट श्रेणीमा रहेकालाई मासिक २५ हजार रुपियाँ पारिश्रमिक तय गरेको छ । क्यानले सबै श्रेणीमा पर्ने महिला खेलाडीको पारिश्रमिक पाँच हजारका दरले बढाएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















































