10/02/2026, 14:05:22
शुक्रबार, असोज १६, २०८३

ओमानमा हुने विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली टोली घोषणा : सन्दीप लामिछाने कप्तान


काठमाडौँ, असोज १६ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओमानमा आयोजना हुने आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ (CWC League 2) का लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको छ। शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत क्यानले स्पिनर सन्दीप लामिछानेको कप्तानीमा टोली चयन गरेको हो।

यही असोज २१ गतेदेखि सुरु हुने उक्त शृङ्खलामा नेपालले आयोजक ओमान र क्यानडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ। विश्वकप छनोटको महत्त्वपूर्ण यात्राको रूपमा रहेको यस शृङ्खलामा नेपाली टोली जितको लक्ष्यसहित मैदान उत्रिनेछ।

कप्तान सन्दीप लामिछानेसहित टोलीमा दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, देव खनाल, सन्दीप जोरा, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहब आलम र शेर मल्ल समावेश छन्।

प्रतियोगिताको तयारी स्वरूप चयन भएको यो टोली अब असोज २१ गतेदेखि सुरु हुने खेलका लागि अन्तिम तयारीमा जुट्नेछ। हालसम्मको स्थितिमा नेपाल ३२ खेलमा २४ अंक  सहित सातौ स्थानमा रहेको छ, नेपाल हालसम्म ८ जित हासिल गरेको छ ।