05/01/2026, 13:21:58
शुक्रबार, बैशाख १८, २०८३

सुन तोलामा ३ हजार ४ सय रुपैयाँले वृद्धि


काठमाडौँ, वैशाख १८ गते । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला ३ हजार ४ सय र चाँदी १३५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९६ हजार १ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९४५ कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय र त्यति नै परिमाणको चाँदी ४ हजार ८१० मा कारोबार भएको थियो । बुधबार एक तोला सुन २ लाख ९४ हजार ५ सय र चाँदी ४ हजार ९१५ मा किनबेच भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..