

काठमाडौँ, वैशाख १६ गते । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरू संयुक्त छलफलमा जुटेका छन्। सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बुधबार बिहानदेखि बैठक जारी रहेको हो।
सरकारले संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत कानुनी प्रक्रिया अघि बढाएपछि विपक्षी दलहरू एकीकृत धारणा बनाउने निष्कर्षसहित समन्वयमा उत्रिएका हुन्। पछिल्ला अध्यादेशका कदमप्रति विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्।
आजको छलफलमा सरकारको निर्णयविरुद्ध अपनाइने राजनीतिक तथा संसदीय रणनीतिबारे केन्द्रित छलफल भइरहेको जनाइएको छ। बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूको सहभागिता रहेको छ।
तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका प्रतिनिधि भने उक्त समन्वय बैठकमा उपस्थित भएका छैनन्।
विपक्षी दलहरूले आगामी दिनमा संसद् र सडक दुवै तहमा साझा दृष्टिकोणसहित अघि बढ्ने विषयमा समेत प्रारम्भिक सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































