

भारदह (सप्तरी), वैशाख १४ गते । जङ्गली हात्तीको आक्रमणबाट सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय यज्ञश्वर निरौला रहेका छन् ।
आइतबार राति आफ्नै बारीमा मकै कुरेर बसेका बेला राति करिब ११ः४५ बजे हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । उहाँको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइसकिएको पनि उहाँले बताउनुभयो ।


पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाउने तयारी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रवक्ता पुरीले जानकारी दिनुभयो ।
– सुधा देव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































