

इस्लामावाद, वैशाख १२ गते । मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद आइपुग्नुभएको छ । यो भ्रमणले यस क्षेत्रमा तनाव कम गर्ने र शान्ति स्थापना गर्ने आशा जगाएको छ ।
विदेशमन्त्री अराघचीका साथमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईसहितको सानो प्रतिनिधिमण्डल पनि इस्लामावाद आइपुगेको छ । एक पाकिस्तानी अधिकारीका अनुसार अराघचीले प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल जनरल असीम मुनिरसँग भेट गर्नुहुनेछ । उनले अमेरिकी अधिकारीसँग पनि भेट गर्ने सम्भावना रहेको पाकिस्तानी स्रोतले बताएको छ तर यसको पुष्टि इरानले गरेको छैन ।
अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर इरानी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष वार्ताका लागि शनिबार पाकिस्तान आउने कार्यक्रम रहेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले पुष्टि गर्नुभएको छ । पाकिस्तानको विदेश कार्यालयका अनुसार इरानी नेतालाई उपप्रधानमन्त्री इशाक डार, फिल्ड मार्शल मुनिर र अन्य वरिष्ठ अधिकारीले स्वागत गरेका थिए। पाकिस्तानको भूमिका इरान र अमेरिकाबिच मध्यस्थता गर्नु हो, जसको उद्देश्य यस क्षेत्रमा शान्ति र स्थिरता प्रवद्र्धन गर्नु हो ।
इरानी दूतावासले सामाजिक सञ्जाल गरेको एक पोस्टमा भनेको छ, “विदेशमन्त्री द्विपक्षीय मामिला र क्षेत्रीय घटना क्रमबारे छलफल गर्न इस्लामाबाद आइपुग्नुभएको छ । पाकिस्तानी अधिकारीले पाकिस्तानी मध्यस्थता टोलीसँगको महत्वपूर्ण छलफलपछि अमेरिका र इरानबिच दोस्रो चरणको शान्ति वार्ता इस्लामाबादमा हुने अपेक्षा गरिएको छ । इरानसँग कुनै प्रकारको समझदारी विकास भएमा शनिबार रातिसम्म अमेरिकी प्रतिनिधिमण्डल आइपुग्ने अपेक्षा गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































