04/24/2026, 16:02:53
शुक्रबार, बैशाख ११, २०८३

अमेरिकी राष्ट्रपति ट्रम्पका विश्वास पात्र सर्जियो गोर नेपाल भ्रमण्मा आउँदै


काठमाडौँ, वैशाख ११  गते । दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर चार दिने नेपाल भ्रमणमा आउने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वास पात्रमध्ये एक सर्जियो भारतबाट वैशाख १७ गते सिधै नेपाल आउने भएका हुन् ।

राजदूत सर्जियोको नेपाल भ्रमणका सन्दर्भमा भारतस्थित नेपाली दूतावासका उपप्रमुख डा.सुरेन्द्र थापाले भारतस्थित अमेरिकी दूतावासका उपप्रमुख जेसन मिकसँग भेट गरेका छन् । दुई जना बिचको भेटमा राजदूत सर्जियाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको भारतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

नेपाल भ्रमणका क्रममा गोरले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग भेटघाट गर्ने बताइएको छ । स्रोतका अनुसार सर्जियोले बालेनसँग जेठ १ गते भेट्ने कार्यतालिका छ ।

अमेरिकी सहायक विदेश मन्त्री एस.पावल कपुरले केहिदिन अघिमात्रै भ्रमण गरेर गएको बेला राजदूत सर्जियाको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपति ट्रम्पको सचिवालयमा काम गरिसकेका सर्जियोको भ्रमण एउटा राजदूतको रूपमा मात्र नभई ट्रम्पको दूतको रूपमा भइहरेको जानकारहरू बताउँछन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..