

काठमाडौँ, वैशाख ८ गते । इरानसँग सम्बन्धित कूटनीतिक वार्ताको तयारीका बीच अमेरिकी उपराष्ट्रपति जेडी भान्स आजै पाकिस्तानतर्फ प्रस्थान गर्ने तयारीमा रहेको जनाइएको छ।
अमेरिकी सञ्चार संस्था एक्सियोसले अमेरिकी सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भान्स मंगलबार बिहानसम्म (अमेरिकी समयअनुसार) प्रस्थान गर्ने उल्लेख गरेको हो।
यसैबीच, अमेरिकी समाचार संस्था सीएनएनका स्रोतहरूका अनुसार अमेरिका र इरानका प्रतिनिधिमण्डलबीच वार्ताको दोस्रो चरण बुधबार पाकिस्तानको राजधानी इस्लामाबादमा हुने तय भएको छ।
तर उक्त वार्तामा इरानको सहभागिताबारे भने तेहरानले हालसम्म स्पष्ट धारणा सार्वजनिक गरेको छैन।
यसअघि ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन्देश सामाजिक सञ्जाल ‘एक्स’ (पहिले ट्विटर) मार्फत सार्वजनिक गरेको थियो। सन्देशमा सम्भावित सम्झौताले मध्यपूर्व मात्र नभई युरोप, अमेरिका र विश्वभर शान्ति, सुरक्षा तथा स्थायित्वमा योगदान पुर्याउने दाबी गरिएको थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































