04/07/2026, 19:53:33
मङ्गलबार, चैत २४, २०८२

महामन्त्री पौडेलले भने- ‘देश संकटमा परेको बेला सबै एकजुट होऔं


काठमाडौँ, चैत १७ गते । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले अहिलेको प्रतिकुल समयमा नेपाली काँग्रेस एकजुट हुनु पर्ने बताएका छन् । काँग्रेस एकतामा नै विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्‍यो गर्न सफल भएको बताएका छन् ।

उनले फेसबुकमा लेख्दै भनेका छन्, ‘देशका हरेक संकटमा नेपाली काँग्रेससँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा काँग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्‍यो र सफलता पनि हासिल गर्‍यो । यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु-हामी सबै एकजुट होऔं ।’

नेपाली एकतामा नै शक्ति  हुने र यसै बलमा नै फेरि उज्यालो भविष्य प्राप्त गर्ने भएकाले काँग्रेसका सबै नेता कार्यकर्तामा एक हुन अनुरोध गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..