काठमाडौँ, चैत ३ गते । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पछिल्लो निर्वाचनमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनसमर्थनलाई परिणाममुखी रूपमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
मंगलबार काठमाडौँमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक ‘संकल्पन’ को विमोचन कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनहरूमा कुनै एक दलले प्राप्त गरेको ठूलो जनादेशको अपेक्षित उपयोग हुन नसकेको सन्दर्भ उल्लेख गरे। उनले यसपटक प्राप्त समर्थनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरे।
यादवले वर्तमान राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै जनताको मतलाई सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। राजनीतिक अभ्यास र राष्ट्रिय हितबीच सन्तुलन कायम गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रतिपक्षीलाई सम्मानपूर्वक स्थान दिनुपर्ने आवश्यकता औँल्याए।
संविधान ठूलो त्याग र संघर्षबाट प्राप्त भएको स्मरण गराउँदै उनले सबै राजनीतिक दलले संवैधानिक सीमाभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
