म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रामा घुम्न आएका पर्यटक र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि तीन हजार ६१० मिटर उचाइमा रहेको खोप्रा म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो
Click on Photo to Enlarge
जुम्लाको सिंजा गाउँपालिका– २ स्थित बिष्टबाडामा रहेका १३औँ शताब्दीको ठानिएको देवल । उक्त तीन वटा देवल खस सङ्ग्रहालयस्थल भन्दा बाहिर रहेका छन्
Click on Photo to Enlarge
संखुवासभाको खाँदबारी नगरपालिका– ९ मा रहेको पूर्वको पवित्र धार्मिक तीर्थस्थल मनकामना धाम । अरुण नदी किनारमा रहेको मनकामना धाममा पूजा गरेर वर माग्दा मनोकामना पूरा हुने, चिताएको पुग्ने र दीर्घायु हुने जनविश्वास छ
Click on Photo to Enlarge
सुनसरीको इनरुवा नगरपालिका–४ मा आइतबार बिहान शीतलहरसहित लागेको बाक्लो हुस्सु । हिजोदेखि भएको शीतलहरले यहाँ जाडो बढेको छ
Click on Photo to Enlarge
नेपाल–भोट (तिब्बत) युद्धको क्रममा मूलकोटडाँडा (नुवाकोट)लाई सुरक्षित बनाउन विसं १९४९ मा नेपाली सेनाले निर्माण गरेको विदुर नगरपालिका–११ स्थित दूधेगढी । थुम्काको थाप्लो पूरै ढाक्ने गरेर ढुङ्गाको बाक्लो पर्खालले बनाएको यो गढी तत्कालीन समयमा बनाइएको यहाँका आधा दर्जन गढीहरुमध्ये यसलाई सबैभन्दा बढी सङ्ग्रामी गढीको रुपमा लिइन्छ
Click on Photo to Enlarge
आन्तरिक राजस्व कार्यालय वीरगञ्जले शनिबार राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु
Click on Photo to Enlarge
बैतडी जिल्लाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वरबाट देखिएको पहाड र अपि हिम शृङ्खलाको दृश्य
Click on Photo to Enlarge
न्यूरोड – ईन्द्रचोक सडक खुल्ला हाईटेन्सन तार रहित क्षेत्र हुन्दैछ
Click on Photo to Enlarge
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित पर्यटकीयस्थल तीनधारा क्षेत्र । यस ठाउँलाई गाउँपालिकाले वनभोजस्थलको रुपमा विकास गरेको छ
Click on Photo to Enlarge
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल श्री मालिकार्जुन राष्ट्रिय धाम