धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहास्थित ऐतिहासिक, सांस्कृतिक एवम् आध्यात्मिक सरोवर परशुराम तलाउको मध्यभागमा रहेको कमलको फूलमा नागसहित शिवलिङ्गको प्रतिमा
Click on Photo to Enlarge
नवलपुरको कावासोतीमा मेडरी नृत्य प्रस्तुत गर्दै थारु समुदायका व्यक्ति । थारु समुदायको पुरानो मेडरी नाच पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ
Click on Photo to Enlarge
सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार बिहान लागेको बाक्लो कुहिरो
Click on Photo to Enlarge
लमजुङको पाउँदीस्थित मर्स्याङ्दी नदी किनारमा हरिबोधनी एकादशीका अवसरमा मङ्गलबार लागेको एकादशी मेला । यहाँ मेला भर्न लमजुङ, तनहुँ, गोरखाबाट आएका भक्तजनको उपस्थिती रहेको थियो
Click on Photo to Enlarge
हरिबोधनी एकादशीको अवसरमा बागलुङ नगरपालिका–४ निरयघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्दै भक्तजन । नदी किनारमा मङ्गलबार बिहानैदेखि स्नान गर्ने र मेला भर्नेको भीड लागेको छ
राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत अजरबैजानको राजधानी बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा आइतबार राति कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा । राष्ट्रपति पौडेललाई कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईलगायत दूतावासका कर्मचारीले विमनास्थलमा स्वागत गर्नुभएको थियो
Click on Photo to Enlarge
मुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार झार्दै किसान । यतिबेला बिक्रीका लागि लैजाने याकचौरी विशेषगरी सुकुटीको लागि प्रयोग गरिन्छ
Click on Photo to Enlarge
महोत्तरीको मठिहानीस्थित नेपालको ऐतिहासिक लक्ष्मीनारायण मठ, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ(क्याम्पस), लक्ष्मीसागर पोखरीलगायत आसपासको क्षेत्र । उक्त क्याम्पस नेपालको सबैभन्दा पुरानो शैक्षिक संस्थाहरू मध्ये एक हो
Click on Photo to Enlarge
सुर्खेतको गुर्भाकोट नगरपालका–८, भेरीनदी किनारमा अवस्थित मेहेलकुना बजार र आसपासको क्षेत्र