सिन्धुपाल्चोक, असोज १७ गते । प्राकृतिक तथा मानव निर्मित सयौँ पर्यटकीय स्थलहरू रहेको सिन्धुपाल्चोक जिल्लामा उचित संरक्षण, प्रवर्धन र सञ्चालनको अभावमा अधिकांश गन्तव्यहरू ओझेलमा परेका छन्। स्थानीय तहमा जनप्रतिनिधि आएको करिब एक दशक पुग्न लाग्दा पनि पर्यटकीय क्षेत्रलाई स्थानीयको आयआर्जन र रोजगारीसँग जोड्ने प्रभावकारी योजना कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासो छ।


जिल्लामा जुगल हिमाल, पाँचपोखरी, भैरवकुण्ड, तातोपानी धारा, दुगुनागढी, हेलम्बुको आमा याङग्री, हिमालयन ग्रेट ट्रेल, गौराती भीमसेन र त्रिपुरासुन्दरी जस्ता प्रख्यात धार्मिक तथा प्राकृतिक गन्तव्यहरू रहेका छन्। तर, स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट करोडौँ बजेट विनियोजन गरी निर्माण गरिएका पर्यटकीय संरचनाहरू पर्याप्त उपयोग र प्रवर्धनको अभावमा जीर्ण बन्दै गएका छन्।


विशेष गरी सुनकोशी गाउँपालिका-१ र लिसङ्खुपाखरको मुडेमा निर्मित भ्यूटावर, सुनकोशी-७ स्थित नदी किनारको स्वीमिङ पुल तथा चौतारा साँगाचोकगढीमा निर्मित बुद्ध मन्दिरजस्ता करोडौँका संरचनाहरू उपयोगविहीन बनेका उदाहरण स्थानीयले प्रस्तुत गरेका छन्। यस्ता पूर्वाधारहरू निर्माणमा मात्र सीमित नभई नियमित सञ्चालन र प्रचारप्रसार हुनुपर्ने उनीहरूको माग छ।


बाह्रबिसेका प्रमुख बालकृष्ण बस्नेत, पाँचपोखरी थाङपालका अध्यक्ष टासी लामा, जुगलका निमा शेर्पा र त्रिपुरासुन्दरीका पृथ्वीजङ्ग पाण्डेले सडक, पदमार्ग र अन्य पर्यटकीय पूर्वाधारको विकास गरी पर्यटकीय स्थलहरूलाई व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन्।
| क्षेत्र/विषय (Area/Topic) | प्रमुख गन्तव्य तथा संरचनाहरू (Destinations & Infrastructure) |
| मुख्य प्राकृतिक तथा धार्मिक स्थलहरू | जुगल हिमाल, पाँचपोखरी कुण्ड, भैरवकुण्ड, तातोपानी, दुगुनागढी, आमायाङग्री, शेर्माथान, गौराती भीमसेन, त्रिपुरासुन्दरी |
| उपयोगविहीन/करोडौँ खर्चिएका संरचनाहरू |
• सुनकोशी गाउँपालिका–१ को भ्यूटावर • लिसङ्खुपाखर (मुडे) को भ्यूटावर • सुनकोशी–७ को स्वीमिङ पुल • चौतारा साँगाचोकगढीको बुद्ध मन्दिर |
| मुख्य समस्याहरू | सडक तथा पदमार्गको अभाव, गुणस्तरहीन निर्माण, संरक्षण र उपयोगको कमी, प्रचारप्रसार नहुनु |
| स्थानीय प्रतिनिधिहरूको जोड | व्यवस्थित आरोहण क्षेत्र विकास, सडक तथा पदमार्ग निर्माण, र तीनै तहका सरकारबिच समन्वय |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































