मुस्ताङ, असोज ९ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा भारी वर्षाको चेतावनी दिएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले आइतबारसम्मका लागि विदेशी पर्यटकहरूलाई दिइने प्रवेशाज्ञा (परमिट) रोक्ने निर्णय गरेको छ। पदयात्राका क्रममा मौसमका कारण कुनै अप्रिय घटना वा समस्या नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय लिइएको हो।
एक्याप इलाका कार्यालय लोमन्थाङका प्रमुख उमेश पौडेलका अनुसार भारी वर्षाका कारण हिमाली तथा पर्यटकीय क्षेत्रहरूमा हिमपात, बाढी, भूक्षय र पहिरोको उच्च जोखिम रहेकाले आइतबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। परमिट लिन आउने नयाँ पर्यटकका साथै हाल पदमार्गमा रहेका पर्यटकहरूलाई समेत सम्भावित जोखिमबारे सूचित र सचेत गराइएको छ।


एक्यापले आफ्नो क्षेत्रभित्र पर्ने मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङका पर्यटकीय क्षेत्रहरूमा स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षा व्यवस्था कडा बनाएको छ। सरिबुङ पास, थोराङ्ला पास, अन्नपूर्ण आधार शिविर (ABC), तिलिचो ताल, मर्दी हिमाल, घोडेपानी लगायतका साना-ठूला पदमार्गमा रहेका पर्यटकहरूको सुरक्षालाई ध्यानमा राख्दै चेकपोस्टहरूबाट मौसम र सडकको स्थितिबारे निरन्तर जानकारी गराइँदै आएको छ।


जिल्ला सुरक्षा समिति तथा जिल्ला प्रहरी कार्यालय मुस्ताङले जिल्ला भित्रिने र बाहिरिने पर्यटकहरूलाई यात्रा गर्नुअघि मौसम र सडकको ताजा अवस्था अनिवार्य रूपमा बुझ्न अपिल गरेका छन्। हालसम्म पर्यटकीयस्थल तथा पदमार्गमा रहेका सम्पूर्ण पर्यटकहरूको अवस्था सामान्य र सुरक्षित रहेको प्रहरीले जनाएको छ।
| विवरण (Detail) | स्थिति/सूचना (Status/Detail) |
| मुख्य निर्णय | आइतबारसम्म विदेशी पर्यटकका लागि प्रवेशाज्ञा (Permit) स्थगित |
| निर्णयको कारण | गण्डकी प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी-पहिरो र हिमपातको जोखिम |
| एक्यापको शुल्क | सार्क राष्ट्र: रु. १,००० | तेस्रो मुलुक (अन्य): रु. ३,००० |
| मुख्य प्रभावित क्षेत्र/पदमार्ग | थोराङ्ला पास, अन्नपूर्ण आधार शिविर, तिलिचो ताल, मर्दी हिमाल, उपल्लो मुस्ताङ |
| सुरक्षा समन्वय | जिल्ला सुरक्षा समिति र प्रहरीद्वारा पूर्व-सूचना र यात्रा एड्भाइजरी जारी |
| हालको अवस्था | पदमार्गमा रहेका पर्यटकहरूको स्थिति सामान्य र सुरक्षित |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











































