09/21/2026, 16:00:34
सोमबार, असोज ०५, २०८३

जापानतर्फ शक्तिशाली टाइफुन, जनजीवन प्रभावित


टोकियो । जापानको पूर्वी तटतर्फ शक्तिशाली टाइफुन डुजुआन अघि बढेपछि यातायात सेवा तथा विभिन्न कार्यक्रम प्रभावित भएका छन्।

टाइफुनमा प्रतिघण्टा १२६ किलोमिटरसम्मको निरन्तर हावा र १८० किलोमिटरसम्मको झोक्का रहेको बताइएको छ। जापानको मौसम विज्ञान निकायले मंगलबारसम्म विभिन्न क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भन्दै बाढी तथा पहिरोको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

आँधीका कारण केही उडान तथा रेल सेवा स्थगित भएका छन्। रक इन जापान म्युजिक फेस्टिभलका कार्यक्रम तथा टोकियो गेम शोको सोमबारको कार्यक्रमसमेत रद्द गरिएको छ। जापानमा जारी एसियन गेम्सको उद्घाटन समारोहमा पनि खराब मौसमका कारण दर्शकको उपस्थिति प्रभावित भएको बीबीसीले जनाएको छ।

स्रोत : बीबीसी