

काठमाडौँ, भदौ ३० गते । रसुवास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण दूरसञ्चार पूर्वाधारमा करिब ६२ करोड ८७ लाख रुपियाँको क्षति पुगेको छ।
सरकारले सार्वजनिक गरेको ‘द्रुत क्षति आवश्यकता आकलन प्रतिवेदन‘ अनुसार नेपाल टेलिकमका ३ र एनसेलको १ गरी ४ वटा मोबाइल टावर तथा १५२ किलोमिटर फाइबर नेटवर्क (नेपाल टेलिकम ९१ कि.मि र एनसेल ६१ कि.मि) पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। कुल क्षतिमा टेलिकमको हिस्सा ५२.७ प्रतिशत रहेको छ भने पूर्वाधारका हिसाबले फाइबर तर्फ ४२.१ प्रतिशत र इन्टरनेट सेवाप्रदायक (ISP) तर्फ २८.२ प्रतिशत क्षति पुगेको छ।
क्षतिग्रस्त दूरसञ्चार प्रणालीको पूर्ण पुनरुत्थान तथा पुनर्स्थापनाका लागि कुल ९४ करोड ३० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ। जसमध्ये प्रारम्भिक पुनरुत्थानका लागि ३४ करोड रुपियाँ र दीर्घकालीन पुनर्स्थापनाका लागि ६० करोड ३० लाख रुपियाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।
समयसीमाका हिसाबले आगामी ३ महिनाभित्र आइएसपी पुनरुत्थानका लागि १२ करोड र ४ महिनाभित्र दूरसञ्चार प्रणालीका लागि २२ करोड रुपियाँ खर्च गरिनेछ।
सरकारले अब बन्ने नयाँ तथा स्थायी दूरसञ्चार पूर्वाधारहरू जोखिममुक्त, उत्थानशील (resilient) र उपकरणको सुरक्षा तथा भरपर्दो ऊर्जा व्यवस्थापनलाई ध्यानमा राखेर मात्र स्थानान्तरण वा पुनर्स्थापना गर्ने योजना बनाएको छ। हाल दूरसञ्चार सेवाप्रदायकहरूले वैकल्पिक माध्यम प्रयोग गरी अधिकांश प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालनमा ल्याइसकेका छन्।
| विवरण / पूर्वाधार | क्षति तथा पुनरुत्थानको अवस्था | बजेट / प्रतिशत |
| कुल भौतिक क्षति | ४ वटा मोबाइल टावर, १५२ किमि फाइबर, २ वटा ट्रान्समिसन र FTTH युनिट। | रु. ६२ करोड ८७ लाख |
| सेवाप्रदायक अनुसार क्षति | नेपाल टेलिकमको क्षति सबैभन्दा बढी (५२.७%) र बाँकी एनसेल तथा ISP हरूको। | ५२.७% (नेपाल टेलिकम) |
| प्रारम्भिक पुनरुत्थान खर्च | ३ महिनाभित्र ISP (रु. १२ करोड) र ४ महिनाभित्र दूरसञ्चार प्रणाली (रु. २२ करोड)। | रु. ३४ करोड |
| कुल पुनरुत्थान लागत | प्रारम्भिक तथा दीर्घकालीन (उत्थानशील र सुरक्षित पूर्वाधार) पुनरुत्थानको कुल बजेट। | रु. ९४ करोड ३० लाख |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























