

काठमाडौँ, भदौ २८ गते । तोकिएको समयभित्र वित्तीय दायित्व पूरा गर्न नसकेपछि युनाइटेड टेलिकम (युटिएल) को आधारभूत दूरसञ्चार सेवाको अनुमतिपत्र स्वतः रद्द भएको छ।
अनुमतिपत्र खारेजीसँगै युटिएलको दूरसञ्चार सेवासँग सम्बन्धित पूर्वाधार, प्रणाली र सञ्जाल नेपाल सरकारको स्वामित्वमा स्वतः हस्तान्तरण भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। दूरसञ्चार ऐन, २०५३ र सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ बमोजिम प्राधिकरणको भदौ २४ गतेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो।
२०७३ भदौ २० गते १० वर्षका लागि अनुमतिपत्र पाएको युटिएलको म्याद भदौ १९ गते सकिएको थियो। सार्वजनिक बिदासमेत गणना गरी भदौ २२ गतेसम्म नवीकरण दस्तुर, जरिबाना, रोयल्टी तथा फ्रिक्वेन्सी बक्यौता गरी कुल ३१ अर्ब रुपियाँ बुझाउने अन्तिम समय तोकिए पनि कम्पनीले भुक्तानी गर्न सकेन। दायित्व पूरा नगरेपछि युटिएलको कानुनी अस्तित्व सकिएको छ र प्राधिकरणले आफ्ना पूर्वाधार तथा सञ्जाल हस्तान्तरण गर्न निर्देशन दिएको छ।
अनुमतिपत्र प्राप्त गरे पनि युटिएलले व्यावसायिक योजना अनुसार दूरसञ्चार सेवा सञ्चालन गर्न सकेको थिएन।
साथै, गण्डकी र कर्णालीमा ४० करोड रुपियाँको सूचना महामार्ग निर्माण गर्ने आयोजनामा कुनै काम नगरेपछि प्राधिकरणले सम्झौता रद्द गरेको थियो। ८५०, ९०० र १८०० मेगाहर्ज ब्यान्डका महत्त्वपूर्ण फ्रिक्वेन्सीहरू प्रयोगविहीन बनाएको युटिएलको हाल कुनै भौतिक कार्यालय तथा कर्मचारीसमेत नरहेको प्राधिकरणले जनाएको छ।
युटिएल अनुमतिपत्र खारेजी तथा बक्यौताको मुख्य विवरण
| विषय / शीर्षक | विवरण तथा मुख्य जानकारी |
| सम्बन्धित कम्पनी | युनाइटेड टेलिकम लिमिटेड (UTL) |
| कारबाहीको कारण | तोकिएको समयभित्र ३१ अर्ब रुपियाँ वित्तीय दायित्व/बक्यौता नबुझाएकोले |
| मुख्य निर्णय | अनुमतिपत्र (लाइसेन्स) स्वतः खारेज र सम्पत्ति सरकारी स्वामित्वमा हस्तान्तरण |
| कुल बुझाउनुपर्ने रकम | करिब ३१ अर्ब रुपियाँ (नवीकरण शुल्क २० अर्ब, जरिबाना ३ अर्ब + रोयल्टी/RTDF बक्यौता) |
| कानुनी आधार | दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) र सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ |
| अवरुद्ध आयोजना/स्रोत | गण्डकी र कर्णालीको सूचना महामार्ग (४० करोडको आयोजना) र ८५०, ९००, १८०० मेगाहर्ज फ्रिक्वेन्सी |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































