काठमाडौँ, भदौ २७ गते । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले संस्थागत रूपमा १५ करोड रुपियाँ सहयोग गरेको छ।
सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो।
संस्थागत सहयोगका साथै प्राधिकरणका पदाधिकारी तथा कर्मचारीहरूले समेत आफ्नो सेवा सुविधाबाट आर्थिक योगदान गर्ने निर्णय गरेका छन्। प्राधिकरणका अनुसार अध्यक्षले १० दिनको तलब र दुई वटा बोर्ड बैठक भत्ता तथा बोर्ड सदस्यहरूले दुई दिनको बैठक भत्ता योगदान गर्नेछन्। त्यस्तै, कर्मचारीहरूले आफ्नो श्रेणी अनुसार १ दिनदेखि ८ दिनसम्मको सुरु तलब scale बराबरको रकम कोषमा दाखिला गर्नेछन्।
विपत्का समयमा सञ्चार सम्पर्कलाई निरन्तरता दिनु महत्त्वपूर्ण हुने भएकाले प्राधिकरणले प्रभावित क्षेत्रमा दूरसञ्चार पूर्वाधारको पुनःस्थापना र सेवा सञ्चालनलाई प्राथमिकता दिएको छ।
साथै, अन्य दूरसञ्चार सेवा प्रदायकहरूलाई समेत बाढीबाट उत्पन्न विपद् व्यवस्थापन र उद्धार कार्यमा आफ्नो तर्फबाट यथाशक्य सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ।
सहयोग रकम तथा योगदानको विवरण
| तह / निकाय | आर्थिक योगदानको विवरण |
| नेपाल दूरसञ्चार प्राधिकरण (संस्थागत) | रु. १५ करोड (प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा) |
| अध्यक्ष | १० दिनको तलब र २ वटा बोर्ड बैठक भत्ता |
| बोर्ड सदस्यहरू | २ दिनको बोर्ड बैठक भत्ता |
| अधिकृत प्रथम श्रेणी | ८ दिन बराबरको सुरु तलब |
| अधिकृत द्वितीय श्रेणी | ६ दिन बराबरको सुरु तलब |
| अधिकृत तृतीय श्रेणी | ४ दिन बराबरको सुरु तलब |
| सहायक स्तरका कर्मचारी | २ दिन बराबरको सुरु तलब |
| श्रेणीविहीन कर्मचारी | १ दिन बराबरको सुरु तलब |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































