

नुवाकोट, भदौ २५ गते । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थानमा चीन सरकारको सहयोग निरन्तर रहने बताउनुभएको छ।
बाढीले पुर्याएको क्षति र प्रभावित बासिन्दाको अवस्था बुझ्न नुवाकोट पुग्नुभएका राजदूत माओमिङले चीन सरकारका तर्फबाट थप दुई मिलियन अमेरिकी डलर राहत स्वरूप नेपाल सरकारलाई उपलब्ध गराइसकिएको जानकारी दिनुभयो।
राजदूत माओमिङले बाढीका कारण पुगेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विद्यालय, सडक, र आवास जस्ता पूर्वाधारको पुनर्निर्माणमा निरन्तर साथ दिने स्पष्ट पार्नुभयो। उहाँले नुवाकोटस्थित जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूसँग छलफल गरी क्षेत्रगत क्षतिको विस्तृत विवरण समेत लिनुभएको थियो।
भ्रमणका क्रममा उहाँले विदुर नगरपालिका–१ र १० का बाढी प्रभावित क्षेत्र तथा विदुर–२ स्थित कर्भडहलमा सञ्चालित ‘होल्डिङ सेन्टर’ को प्रत्यक्ष अवलोकन गर्नुभयो। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका रसुवा र नुवाकोटका पीडितहरूसँग अन्तरक्रिया गर्दै उहाँले उनीहरूको बसोबास, खानपान र आगामी आवश्यकताका विषयमा चासो व्यक्त गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































