काठमाडौँ, भदौ २५ गते । संयुक्त राज्य अमेरिका र इरानबिचको द्वन्द्व चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ।
इरानी रिभोलुसनरी गार्ड्सले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग पार गर्न खोज्ने दुई अमेरिकी जहाज, आठ तेल ट्याङ्करसहित एक दर्जनभन्दा बढी जहाजमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड‘ को मूल्य १०१.२८ डलर पुगेको हो।
इरानले हर्मुज जलमार्गमा पकड बलियो बनाउँदै ओमानको खाडी र अरब सागरका केही भागलाई ‘नो-गो जोन‘ घोषणा गरेको छ र बिना अनुमति प्रवेश गर्ने जहाजहरूलाई नियन्त्रणमा लिने चेतावनी दिएको छ।


यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युद्ध जितेपछि तेलको मूल्य पुनः घट्ने र हर्मुज जलमार्ग अमेरिकाको नियन्त्रणमा आउने दाबी गर्नुभएको छ।
यसैबिच, इरानले आफ्ना पाँच तेल ट्याङ्कर नष्ट पारिएपछि जवाफमा जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेको छ। अर्कोतर्फ, संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (IAEA) ले अमेरिकी दबाबमा इरानविरुद्ध प्रस्ताव पारित गरेपछि क्षेत्रीय तनाव झनै बढेको छ।
लेबनानबाट इजरायली सेना फिर्ता र यमनको नाकाबन्दी अन्त्य नभएसम्म युद्ध रोक्न नसकिने अडान इरानले राखेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































