

काठमाडौं, भदौ १६ गते । नेपाल टेलिकमले बाढीका कारण अवरुद्ध भएका थप तीनवटा दूरसञ्चार साइटहरू सफलतापूर्वक सुचारु गरेको छ। सोमबार धादिङको कल्लेरी तथा नुवाकोटको भद्रटार थप्रेक र पुसनटारस्थित टावरहरू सञ्चालनमा आएसँगै ती क्षेत्रका स्थानीयहरूमा पुनः टेलिकमको सेवा पुगेको छ।
सुचारु भएका नयाँ साइटहरूबाट धादिङ र नुवाकोटका विभिन्न बस्तीहरू लाभान्वित भएका छन्। कल्लेरी साइटबाट आदमघाट, पिपलटार, सुनौलाबजार, घुमाउने डाँडा लगायतका स्थान तथा भद्रटार थप्रेक र पुसनटार साइटबाट पञ्चकन्या, महाकाली, देवीघाट, माझीगाउँ लगायतका क्षेत्रमा टेलिकमको सञ्चार पहुँच सहज भएको छ।
यससँगै बाढीबाट प्रभावित कुल १२० वटा साइटमध्ये ११३ वटा साइट पूर्ण वा आंशिक रूपमा सञ्चालनमा आइसकेका छन्। यसबाट अधिकांश प्रभावित क्षेत्रहरूमा नेटवर्कको पहुँच पुनः स्थापित भएको छ भने टेलिकमले आंशिक रूपमा चलेका साइटहरूलाई पनि क्रमिक रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































