

काठमाडौँ, साउन ३० गते । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। मन्त्री खनालले भारतका विदेशमन्त्री एस. जयशङ्करलाई शुभकामना सन्देश पठाउँदै नेपाल र भारतबिच रहेको बहुआयामिक साझेदारी र घनिष्ठ सम्बन्धको चर्चा गर्नुभएको छ।
शुभकामना सन्देशमा नेपाल र भारतबिच गहिरो ऐतिहासिक, सभ्यतागत सम्बन्धका साथै घनिष्ठ जनस्तरीय सम्पर्क रहेको उल्लेख गरिएको छ। मन्त्री खनालले आगामी दिनहरूमा दुई देशबिचको आत्मीय सम्बन्ध, सौहार्दपूर्ण मित्रता र आपसी सहकार्य अझ सुदृढ एवं फराकिलो हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ।
नेपाल र भारतबिच शताब्दीयौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, सांस्कृतिक निकटता र सहकार्यले सम्बन्धलाई थप मजबुत बनाएको उहाँको भनाइ छ। मन्त्री खनालले दुवै देशका साझा हित र समृद्धिका क्षेत्रहरूमा आगामी दिनमा सहकार्य अझ विस्तार हुँदै जाने अपेक्षासमेत व्यक्त गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























