08/10/2026, 12:33:27
सोमबार, साउन २५, २०८३


सामसङले सार्वजनिक गर्‍यो Galaxy Z Fold8 Ultra, Fold8, Flip8 सहित नयाँ Watch सिरिज

काठमाडौं — सामसङ इलेक्ट्रोनिक्सले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच सार्वजनिक गरेको छ। कम्पनीले अगस्ट ६, २०२६ मा दक्षिण कोरियाबाट Galaxy Z Fold8 Ultra, Galaxy Z Fold8, Galaxy Z Flip8, Galaxy Watch Ultra2 र Galaxy Watch9 आधिकारिक रूपमा सार्वजनिक गरेको हो। नयाँ उपकरणहरू अगस्ट ७ देखि विभिन्न बजारमा बिक्री सुरु भएका छन्।

सामसङका अनुसार नयाँ Galaxy Z सिरिजको प्रि-अर्डर अघिल्लो पुस्ताको तुलनामा ३० प्रतिशतभन्दा बढी बढेको छ। Galaxy Z Fold8 Ultra र Fold8 मा Graphite तथा Galaxy Z Flip8 मा Pink रंग प्रि-अर्डरमा सबैभन्दा लोकप्रिय बनेका छन्।

Galaxy Z Fold8 : हल्का र नयाँ फोल्डेबल अनुभव

Galaxy Z Fold8 लाई प्रयोगकर्ताले कन्टेन्ट हेर्न, पढ्न, गेम खेल्न तथा दैनिक काम गर्न सहज हुने गरी नयाँ फर्म फ्याक्टरमा तयार गरिएको छ। यसको फराकिलो कभर स्क्रिनले मेसेजिङ, ब्राउजिङ र छोटो भिडियोका लागि सुविधा दिन्छ भने मुख्य 4:3 डिस्प्लेले अझ इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

Galaxy Z Fold8 को तौल २०१ ग्राम रहेको छ, जसलाई सामसङले अहिलेसम्मकै हल्का Galaxy Z Fold भनेको छ। यसमा Flex Titanium प्रविधि प्रयोग गरिएको छ।

Galaxy Z Fold8 Ultra : Ultra स्तरको फोल्डेबल

नयाँ Galaxy Z Fold8 Ultra ले ठूलो डिस्प्ले, शक्तिशाली क्यामेरा र उच्च प्रदर्शनलाई एउटै फोल्डेबल डिभाइसमा समेटेको छ।

यसमा ८ इन्चको मुख्य डिस्प्ले र २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ। २००MP मोडमा HDR सपोर्टका साथै नयाँ ५०MP अल्ट्रा–वाइड क्यामेरा पनि उपलब्ध छ।

Fold8 Ultra मा ५,०००mAh ब्याट्री, ४५W फास्ट चार्जिङ र सुधारिएको कूलिङ सिस्टम रहेको छ। फोन फोल्ड नगरेको अवस्थामा यसको मोटाइ ४.१mm र तौल २१५ ग्राम रहेको सामसङले जनाएको छ।

Galaxy Z Flip8 : सेल्फ–एक्सप्रेसनमा केन्द्रित

Galaxy Z Flip8 लाई सामसङले आफ्नो अहिलेसम्मकै स्लिम Flip मोडलका रूपमा प्रस्तुत गरेको छ। यसमा नयाँ FlexWindow रहेको छ, जसबाट एप, सूचना तथा विभिन्न सुविधा फोन नखोली प्रयोग गर्न सकिन्छ।

Flip8 मा ५०MP क्यामेरा, ProVisual Engine र FlexCam सुविधा दिइएको छ। साथै Dual Recording र My FanCam जस्ता सुविधाले फोटो तथा भिडियो खिच्ने अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ।

Galaxy Watch Ultra2 : आउटडोरका लागि शक्तिशाली

Galaxy Watch Ultra2 लाई आउटडोर तथा उच्च प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरिएको छ। यो ४७mm साइजमा उपलब्ध छ र यसमा ८००mAh ब्याट्री तथा अधिकतम ५,००० nits ब्राइटनेस भएको डिस्प्ले रहेको छ।

यसमा Titanium केस, Trail Run लगायतका आउटडोर ट्र्याकिङ मोड, IP69K र 10 ATM रेटिङ तथा EN 13319 प्रमाणिकरण रहेको छ।

Galaxy Watch9 : दैनिक स्वास्थ्य साथी

Galaxy Watch9 भने दैनिक स्वास्थ्य तथा फिटनेस ट्र्याकिङलाई केन्द्रमा राखेर तयार गरिएको छ। यो ४०mm र ४४mm साइजमा उपलब्ध छ।

यसमा ३,००० nits सम्मको डिस्प्ले ब्राइटनेसका साथै Vitals, Heart Health Score, Daily Cardio Load र Fitness Index लगायतका स्वास्थ्यसम्बन्धी सुविधा समावेश छन्।

१०६ बजारमा उपलब्ध हुने

सामसङका अनुसार Galaxy Z Fold8 Ultra, Fold8 र Flip8 तथा Galaxy Watch Ultra2 र Watch9 गरी नयाँ उपकरणहरू विश्वभरका १०६ बजारमा विस्तार गरिनेछन्। बिक्री Samsung.com, Samsung Experience Stores, विभिन्न रिटेलर तथा क्यारियरमार्फत हुनेछ। बजारअनुसार मोडल, रंग, साइज तथा उपलब्धता फरक हुनसक्ने कम्पनीले जनाएको छ।

नयाँ Galaxy Z सिरिज खरिद गर्ने ग्राहकले Google AI Pro को ६ महिनाको ट्रायल समेत प्राप्त गर्नेछन्, जसमा ५TB क्लाउड स्टोरेज समावेश छ। Samsung ले नयाँ Smart Switch मार्फत iOS बाट Galaxy मा डेटा सार्ने प्रक्रियालाई पनि थप सहज बनाएको जनाएको छ।

स्रोत: Samsung Newsroom