08/06/2026, 08:22:46
बिहिबार, साउन २१, २०८३

भारतीय अभिनेता प्रदीप रावतको निधन


काठमाडौँ, साउन २१ गते । भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ । ब्लड क्यान्सर (रक्त क्यान्सर) पुनः बल्झिएपछि मुम्बईमा उपचाररत रहनुभएका रावतको मङ्गलबार निधन भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्स ले जनाएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार प्रदीप रावत एक महिनाभन्दा बढी समयदेखि मुम्बईको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । रावतले हिन्दी, तेलुगु, तमिल तथा नेपाली चलचित्र उद्योगमा समेत काम गर्नुभएको थियो । उहाँले चर्चित टेलिभिजन शृङ्खला महाभारतमा अश्वत्थामाको भूमिका निर्वाह गरेर प्रारम्भिक चर्चा कमाउनुभएको थियो ।

लगान, गजिनी, सरफरोश जस्ता चर्चित चलचित्रमा काम गर्नुभएका रावतले नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ र ‘आबाट आमा’ का दुवै शृङ्खलामा अभिनय गर्नुभएको छ । उहाँ अभिनीत नेपाली चलचित्र आबाट आमा २ दसैँमा प्रदर्शनको तयारीमा छ ।