१८ मिनेट अगाडी


मिति २०८३ शश्रावण १७ गते आइतबार, वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैनिक आक्रमण रद्द गरेको घोषणा गरेका छन्। शनिबार साँझ उनले वार्तामा प्रगति भएको जनाउँदै आक्रमण रोक्ने निर्णय लिएको बताएका हुन्।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत अमेरिकी सेना आक्रमणका लागि पूर्ण रूपमा तयार रहे पनि इरान र अन्य मध्यपूर्वी मुलुकहरूको अनुरोधमा आक्रमण रोकेको स्पष्ट पारेका छन्। उनले यो विराम इरानसँग “छिट्टै सम्झौता (Deal)” हुन सक्ने सम्भावनामा निर्भर रहने बताएका छन्।
अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार, साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँगको कुराकानीमा इरानमाथि हुन सक्ने आक्रमणप्रति चिन्ता व्यक्त गरेका थिए। विश्लेषकहरूका अनुसार साउदी अरेबिया लगायत खाडी मुलुकहरूले युद्धबाट हुने आर्थिक क्षति र क्षेत्रीय अस्थिरताको जोखिम औंल्याएका थिए।
यता, इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाको कुनै पनि “आक्रामक कार्य” को बदला लिइने चेतावनी दिएका छन्। इरानले अमेरिकी सैन्य बेस राख्ने खाडी मुलुकहरूलाई पनि युद्धको आगोमा जल्न सक्ने चेतावनी दिएको छ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार पाँच महिनादेखि जारी तनावका कारण अमेरिकासँग रहेको ‘प्याट्रियट’ र ‘थाड’ (THAAD) मिसाइल डिफेन्स प्रणालीको स्टक घट्दै गएको छ, जसले थप सैनिक कारबाहीमा चुनौती थपेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























