07/23/2026, 14:10:25
बिहिबार, साउन ०७, २०८३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा रु ३०० ले बढ्यो


काठमाडौँ, साउन ७ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा रु ३०० र चाँदी तोलामा रु २५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २,९१,३०० निर्धारण भएको छ । त्यसैगरी, सेतो धातु (चाँदी) को भाउ प्रतितोला रु ४,५०५ कायम भएको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला रु २,९१,००० र चाँदी प्रतितोला रु ४,४८० मा कारोबार भएको थियो । यसअघि गत मङ्गलबार छापावाल सुन प्रतितोला रु २,८५,६०० र चाँदी रु ४,३७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४,१३३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५९ अमेरिकी डलर वरपर कारोबार भइरहेको छ ।