07/17/2026, 16:29:18
शुक्रबार, साउन ०१, २०८३

मालबाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस


वाशिंगटन डीसीे, साउन १ गते । ह्वाइट हाउसले व्यापारिक जहाजका लागि स्ट्रेट अफ होर्मुज खुला रहेको बताउँदै अमेरिकी सेना रणनीतिक जलमार्ग होर्मुजमा समुद्री यातायातको माध्यामबाट निरन्तर सामान प्रवाह सुनिश्चित गर्न तैनाथ गरिएको जनाएको छ ।

अमेरिकी सैन्य कारबाही बढ्दै जाँदा स्ट्रेट अफ होर्मुज हुँदै व्यापारिक ढुवानीमा आएको गिरावट बारे छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकाले इरानी बन्दरगाहमा प्रवेश गर्ने वा प्रस्थान गर्ने यात्रु बहाक जहाजमा मात्र लागु हुने गरी नाकाबन्दी लागु गरेको बताउनुभएको छ ।

इरानी बन्दरगाहमा प्रवेश गर्ने र प्रस्थान गर्ने जहाजका लागि राष्ट्रपतिले निर्देशन दिएका जहाज अवरुद्ध रहेकोसमेत उहाँले बताउनुभएको छ । नाकाबन्दीलाई पूर्णरूपमा लागु गरिएको उल्लेख गर्दै उहाँले इरानले संयुक्त राज्य अमेरिकासँग गरेको सम्झौताको सम्मान गरी अनुसरण गर्न असमर्थ भएकाले यो नाकाबन्दी पुनः लागु गर्नु परेको जनाउनुभएको छ ।

उहाँले यस क्षेत्रमा ठूलो अमेरिकी सैन्य तैनाथीद्वारा नाकाबन्दी लागु गरिएको बताउनुभएको छ । दश हजारभन्दा बढी अमेरिकी नाविक, मरीन र एयर म्यान, दुई विमान वाहक र २० वटाभन्दा बढी युद्धपोत र दर्जनौ विमानले नाकाबन्दी अभियान कार्यान्वयन गरिरहेको उहाले बतउनुभएको छ ।

लेभिटले नाकाबन्दीको पहिलो २४ घण्टामा, युएस सेन्ट्रल कमान्ड (सेन्टकम)ले नाकाबन्दीको पालना गर्ने दुई व्यापारिक जहाजलाई पुनः निर्देशित गरेको जनाएको छ । होर्मुजको जलमार्ग हुँदै व्यापारिक ढुवानीमा नाकाबन्दी नभई खुला रहेको कुरामा जोड दिँदै, लेभिटले इरानी बन्दरगाह जहाजका लागि खुला छ, भनेर सुनिश्चित गर्न अमेरिकी नौसेना तैनाथ गरेको बताउनुभएको छ ।

सेन्टकमले मङ्गलबार, इरानी बन्दरगाह र तटीय क्षेत्रमा आउने र जाने जहाजलाई लक्षित गर्दै नौसैनिक नाकाबन्दी पुनः सुरु गरेको पुष्टि गरेको छ । सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा, सेन्टकमले अमेरिकी सेनाले इरानलाई कमजोर बनाउने उद्देश्यले अपरेसन जारी राखेको छ जुन वाशिंगटनले स्ट्रेट अफ होर्मुजमा व्यावसायिक ढुवानीलाई लक्षित गर्न प्रयोग भइरहेको बताएको छ । सेन्टकमले नाकाबन्दीको एक हिस्साको रूपमा २० वटा भन्दा बढी अमेरिकी नौसेनाका युद्धपोत र सयौं सैन्य विमान यस क्षेत्रमा तैनाथ गरिएको उल्लेख गरेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..