07/16/2026, 02:38:16
बुधबार, असार ३१, २०८३

आठ सयले बढ्यो आज सुनको मूल्य


काठमाडौँ, असार ३१ गते । स्थानीय बजारमा आज सुन तोलामा आठ सय र चाँदी ५५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ४१५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र चाँदीको मूल्य चार हजार ३६० प्रतितोला कायम भएको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..