

काठमाडौँ, असार २४ गते । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवामाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धान सुरु गरेको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै उहाँलाई बाटोको म्यादबाहेक ७ दिनभित्र ललितपुरको पुल्चोकस्थित कार्यालयमा उपस्थित भई बयान दिन र आवश्यक कागजात बुझाउन निर्देशन दिएको हो।
विभागका प्रवक्ता उत्तमकुमार घिमिरेका अनुसार जयवीरको नाममा रहेका केही व्यावसायिक कम्पनी, विभिन्न क्षेत्रमा गरिएको लगानी र त्यसको आर्थिक स्रोतबारे लामो समयदेखि अनुसन्धान भइरहेको थियो। थप वित्तीय विवरण आवश्यक देखिएकाले उहाँलाई औपचारिक रूपमा बोलाइएको हो।
विभागले विवादित व्यवसायी दीपक भट्ट र उहाँका साझेदार सुलभ अग्रवालसँग जयवीरको व्यावसायिक सम्बन्ध रहेकोबारे पनि अनुसन्धान गरिरहेको छ।
यसअघि विदेशमा रहेका कारण सम्पर्क हुन नसकेपछि सार्वजनिक सूचना जारी गरिएको र तोकिएको समयभित्र उपस्थित नभए कानुनबमोजिम कारबाही अघि बढाइने विभागले स्पष्ट पारेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























