06/14/2026, 12:49:23
आइतबार, जेठ ३१, २०८३

फिफा विश्वकप २०२६: अमेरिकापछि थपियो रोमाञ्चकता, ब्राजिल रोकियो र अष्ट्रेलियाको दमदार सुरुवात


अमेरिकाले पाराग्वेमाथि ४–१ को शानदार जित निकाल्दै विश्वकपमा प्रभावशाली सुरुवात गरेपछि समूह चरणका थप खेलहरूले पनि समर्थकलाई उत्तिकै रोमाञ्चित बनाए। दिनका चार खेलमा दुई बराबरी र दुई स्पष्ट नतिजा निस्किँदा समूहहरूको प्रतिस्पर्धा झन् खुला बनेको छ।

समूह बीमा कतारले अन्तिम समयमा गोल फर्काउँदै स्विजरल्याण्डसँग १–१ को बराबरी निकाल्यो र विश्वकपमा महत्वपूर्ण अंक जोड्यो। समूह सीमा ब्राजिललाई मोरक्कोले १–१ को बराबरीमा रोकेपछि उपाधि दाबेदार टोलीले सुरुवाती खेलमै अंक बाँड्नुपर्‍यो। यस्तै स्कटल्याण्डले हाइटीलाई १–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो।

दिनको अन्तिम खेलमा अष्ट्रेलियाले टर्कीलाई २–० ले हराउँदै समूह डीमा बलियो उपस्थितिको संकेत दिएको छ। जितसँगै अब अमेरिका र अष्ट्रेलिया समूहको शीर्ष प्रतिस्पर्धामा देखिएका छन्। (अंक तालिका)

WC 2026 Schedule — AEST Match Times

🏆 आजका खेलको स्कोर कार्ड

खेलनतिजा
🇶🇦 कतार vs 🇨🇭 स्विजरल्याण्डकतार १–१ स्विजरल्याण्ड
🇧🇷 ब्राजिल vs 🇲🇦 मोरक्कोब्राजिल १–१ मोरक्को
🇭🇹 हाइटी vs 🏴 स्कटल्याण्डस्कटल्याण्ड १–० विजयी
🇦🇺 अष्ट्रेलिया vs 🇹🇷 टर्कीअष्ट्रेलिया २–० विजयी

आगामी खेलहरु

नेपाली मितिसमय (NPT)खेलसमूह
२०८३ जेठ ३१, आइतबारराति १०:४५ बजे🇩🇪 जर्मनी vs 🇨🇼 कुराकाओE
२०८३ जेठ ३१, आइतबारराति १:४५ बजे🇳🇱 नेदरल्याण्ड्स vs 🇯🇵 जापानF
२०८३ जेठ ३२, सोमबारबिहान ४:४५ बजे🇨🇮 आइभोरी कोस्ट vs 🇪🇨 इक्वेडरE
२०८३ जेठ ३२, सोमबारबिहान ७:४५ बजे🇸🇪 स्विडेन vs 🇹🇳 ट्युनिसियाF
२०८३ असार १, सोमबारराति ९:४५ बजे🇪🇸 स्पेन vs 🇨🇻 केप भर्डेH