06/11/2026, 10:00:04
बिहिबार, जेठ २८, २०८३

आज कहीँ वर्षा, कहीँ हिमपातको पूर्वानुमान


काठमाडौँ, जेठ २८ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ ।

त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..