

तेहरान, जेठ २१ गते । सम्झौताका लागि लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्ने इरानले अघि सारेको एक प्रमुख शर्त रहेको तेहरानले जनाएको छ । इजरायलले लेबनानमा आफ्नो वर्तमान नियन्त्रण रेखाबाट पछि हट्नुपर्ने इरानको ‘इस्लामिक रिभोलुसनरी गार्डस्’ को विदेशी शाखा कुद्स फोर्सका प्रमुखले बिहीबार बताउनुभएको हो ।
इजरायलले लेबनानमा तेहरानको सहयोगी हेजबुल्लाहविरूद्ध हवाइ कारबाही चलाइरहेको छ भने इरानमा अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमण भएदेखि नै हेजबुल्लाह समूहले इरानको समर्थनमा इजरायलमाथि पटक पटक आक्रमण गर्दै आएको छ ।
“लेबनानमा प्रतिरोधलाई समर्थन गर्नु हामी सबैको कर्तव्य हो र यस क्षेत्रबाट इजरायललाई हटाउनु मुसलमानको लागि एक साध्य लक्ष्य हो,” रिभोलुसनरी गार्डसको विदेशी शाखाका प्रमुख इस्माइल कानीले इरानी सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भन्नुभयो । “प्रतिरोधको न्यूनतम माग भनेको इरानमा ४० दिने युद्ध सुरु हुनुभन्दा पहिले लेबनानमा रहेको स्थितिमा इजरायललाई फर्कन सहमत गराउनु हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































