06/03/2026, 22:05:03
बुधबार, जेठ २०, २०८३

मोदीसँगको भेटपछि रविले के भने ?


काठमाडौँ, जेठ २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग फलदायी र अर्थपूर्ण भेटवार्ता भएको बताएका छन् । प्रधानमन्त्री मोदीसँग करिब एक घण्टा लामो संवादपछि लामिछानेले नेपाल र भारतले विगतका सीमितताहरूलाई पार गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोरको विकास तथा सहज र निर्बाध कनेक्टिभिटीमार्फत दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउन सकिने उल्लेख गरे ।

लामिछानेले प्रधानमन्त्री मोदीको नेपाल–भारत सम्बन्धलाई प्रगति र पारस्परिक विश्वासमा आधारित नयाँ साझेदारीतर्फ अघि बढाउने दृष्टिकोणप्रति समर्थन व्यक्त गर्दै त्यसलाई व्यवहारमा रूपान्तरण गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

‘हाम्रो साझा सभ्यतागत सम्बन्ध, डिजिटल कोरिडोर तथा निर्बाध सम्पर्क विस्तारमा केन्द्रित भएर प्रगति र पारस्परिक विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौँ’, मोदीसँगको भेटपछि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले नेपाल र भारतका जनताको साझा हित र समृद्धिका लागि दुवै देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..