05/31/2026, 11:10:50
आइतबार, जेठ १७, २०८३

धारिलो हतियार प्रहार गरी बाबुद्वारा छोराको हत्या


नवलपुर, जेठ १७ गते । नवलपुरको गैँडाकोट नगरपालिका–१५ मा घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन्। गैँडाकोटको चिन्तामणि टोलका ६३ वर्षीय डम्बर गिरीले धारिलो हतियार (खुर्पा) प्रहार गरी ३६ वर्षीय छोरा शङ्कर गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो।

टाउकोमा खुर्पा प्रहारबाट गम्भीर घाइते भएका शङ्कर गिरीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको पण्डितले बताउनुभयो। प्रहरीले डम्बर गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

– बोमलाल गिरी