काठमाडौँ, जेठ ११ गते । कान्समा जुरी प्राइज जितेर फर्केरका फिल्मकर्मीहरुलाई चलचित्र विकास बोर्डले भव्य स्वागत गरिएको छ ।
‘एलिफेन्ट्स् इन्द द फग’का निर्देशक अविनाश विक्रम शाह, निर्माता अनुप पौडेल र कलाकार पुष्पा थिङ लामालाई साेमबार बिहान त्रिभुवन विमानस्थलमा खादा र माला लगाउँदै सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले स्वागत गरेका हुन् । बाजा-गाजा बजाउँदै टोलीलाई स्वागत गरिएको हो ।
बोर्डले ‘एलिफेन्ट्स् इन्द द फग’को जीतलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्रामा ऐतिहासिक उपलब्धि भन्दै यो कार्यक्रम आयोजना गरेको हो । बोर्डले विमानस्थलमै पत्रकार सम्मलेनको आयोजना गर्दै निर्माण टोली बधाई दिएको छ।
बोर्डले उनीहरुलाई २ लाख ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ । ‘त्यो भन्दा बढी सरकारले के गर्न सक्छ, बसेर निर्णय गर्न सकिन्छ,’ मन्त्री तिमल्सिनाले भने,’ धन्यवाद एलिफेन्ट्स् इन्द फग, यो उपलब्धिका लागि । यो पक्कै राष्ट्र चिनाउने ठूलो कार्य हो । यसले राष्ट्रको नामलाई झनै उच्च बनाइदिएको छ ।‘


‘एकदम खुशी लागेको छ । यस्तो स्वागत माया कहिल्यै पाएको थिएन । धेरै नै खुशी छु । उत्साहित पनि भएको छु,’ निर्देशक शाहले भने ।
यो फिल्मले ७९ औं कान्सको ‘अन सर्टेन रिगार्ड’ तर्फको जुरी प्राइज जितेको हो । यो विधा मुख्य प्रतिस्पर्धापछिको महत्त्वपूर्ण हो भने यही अवार्ड पनि ‘अन सर्टेन रिगार्ड’ तर्फको दोस्रो उच्च उपलब्धि हो ।
यसअघि शाह निर्देशित लघु फिल्म ‘लोरी’ ले ‘कान्स’ मै स्पेशल मेन्सन पाएको थियो । त्यतिबेला उनको जीतको चर्चा यति भएको थिएन ।
– रीना मोक्तान
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































