05/17/2026, 13:37:27
आइतबार, जेठ ०३, २०८३

गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवासँग छलफल गर्दै


काठमाडौँ, जेठ ३ गते । नेपाली काँग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेन जेड अगुवाहरूको राय सुझाव लिने भएका छन् ।

आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेन जेड अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । काँग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

१८ जना जेन जेड अगुवाहरूलाई पत्र पठाएर आमन्त्रण गरिएको काँग्रेसले जानकारी गराएको छ। उक्त कार्यक्रममा संविधानविद् तेजमान श्रेष्ठ, प्राध्यापक डा. खनाल लगायत सहभागी हुने भएका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..