

पानामा, वैशाख २५ गते । गत फेब्रुअरी-२८ देखि स्ट्रेट अफ होर्मुजको समुन्द्रीक नाका बन्द भएको कारण करिब एक हजार ५०० भन्दा बढी माल–बाहाक जहाज खाडी क्षेत्रका समुन्द्रमै ठप्प भएको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आइएसओ)ले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिगेजले पानामामा टिप्पणीको क्रममा हाल लगभग २० हजार चालक दलका सदस्य र लगभग एक हजार ५०० जहाज खाडीमा फसेको जनाउनुभएको हो । उहाँले उक्त समुद्री नाकाबाट विश्वव्यापी रूपमा खपत हुने उत्पादनको अधिकाशं ढुवानी हुने गरेको उल्लेख गर्नु भएको छ ।


उद्योग व्यवसायी समुद्री सङ्गठनका प्रतिनिधिको प्रभावित समूहलाई सम्बोधन गर्दै डोमिङ्गेजले फसेका चालक दलका सदस्य अन्य देशबाट हरेक दिन नियमित कामका लागि हिँडिरहेका निर्दोष व्यक्ति उनीहरूको नियन्त्रण भन्दा बाहिरको भूराजनीतिक परिस्थितिका कारण यस क्षेत्रमा फसेको जनाउनुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









































