04/30/2026, 19:17:42
बिहिबार, बैशाख १७, २०८३

राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी


काठमाडौँ, वैशाख १७ गते। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गर्नुभएको प्रवक्ता शाक्यले बताउनुभएको छ ।