

काठमाडौँ, वैशाख १७ गते । नेपाल वायुसेवा निगमले केही दिनअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आफ्ना गन्तव्यहरूको नेटवर्क नक्सा विवादमा परेपछि हटाएको छ।
उक्त नक्सामा अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर नक्साङ्कन त्रुटि देखिएपछि आलोचना बढेको थियो। विवाद चर्किएसँगै निगमले सो सामग्री सामाजिक सञ्जालबाट हटाएको हो । साथै, बिहीबार औपचारिक सूचना जारी गर्दै निगमले उक्त त्रुटिप्रति क्षमायाचना गरेको छ ।
निगमले जारी गरेको वक्तव्यमा उक्त नक्साले नेपाल वा नेपाल एयरलाइन्सको आधिकारिक धारणा प्रतिबिम्बित नगर्ने स्पष्ट पारेको छ । ‘हामीले हालै सामाजिक सञ्जालमार्फत साझा गरेको नेटवर्क नक्सामा भएको त्रुटिप्रति क्षमायाचना गर्दछौं,’ वक्तव्यमा भनिएको छ ।
निगमका अनुसार, उक्त पोस्ट तुरुन्त हटाइएको छ र भविष्यमा यस्ता त्रुटि नदोहोरियोस् भन्ने उद्देश्यले आन्तरिक समीक्षा प्रक्रिया पनि अघि बढाइएको छ । साथै, छिमेकी तथा क्षेत्रीय मित्र राष्ट्रहरूसँगको सम्बन्धप्रति सम्मान व्यक्त गर्दै यस घटनाबाट परेको कुनै असहजताप्रति दुख व्यक्त गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































