

काठमाडौँ, भदौ ८ गते । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले फोर–जी सेवा विस्तार गरी सोमबारदेखि टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । जनैपूर्णिमाको धार्मिक मेलाको पूर्वसन्ध्यामा समुद्री सतहबाट करिब ४ हजार २३० मिटर उचाइमा रहेको लौरी विनायकमा टावर स्थापना गरी सेवा सुरु गरिएको हो ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गमका नागरिकलाई सञ्चारको अधिकारबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सडक सञ्जाल नभएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत टावरका उपकरण ढुवानी गरी एक महिनाको प्रयासपछि यो सेवा सञ्चालनमा ल्याइएको हो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले व्यावसायिक लाभभन्दा दुर्गम क्षेत्रका नागरिकसम्म सेवा पुर्याउने दायित्वलाई प्राथमिकता दिइएको बताउनुभयो । बडीमालिकाका साथै भदौ ५ गतेदेखि जुम्लाको हाट सिँजा क्षेत्रमा पनि फोर–जी सेवा सञ्चालनमा आइसकेको छ भने सगरमाथा आधार शिविरमा सेवा विस्तारको अध्ययन भइरहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































