भैरहवा, भदौ ८ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ स्थित चिलिया वनसँगै पाँच बिघा क्षेत्रफलमा करिब एक अर्ब रुपियाँको लगानीमा ‘टाइगर फरेस्ट होटेल’ (रिसोर्ट) सञ्चालनमा आएको छ।
जुम्लाबाट ल्याइएको सल्लाको काठ प्रयोग गरेर निर्माण गरिएका यस रिसोर्टका कोठा, रेस्टुरेन्ट, बार र भिल्लाका कलात्मक संरचनाहरूले पर्यटकहरूलाई आकर्षित गरिरहेका छन्। हाल २० वटा कोठा सञ्चालनमा रहेको रिसोर्टमा स्थानीय कुखुरा तथा हाँसका परिकारका साथै ग्राहक आफैँले पकाएर खान सक्ने चौतारी रेस्टुरेन्टको समेत सुविधा छ।


भारतीय सीमा नजिकै तथा प्रसिद्ध टाइगर प्यालेस रिसोर्ट र क्यासिनोको सामीप्यका कारण यहाँ नेपालीसँगै भारतीय पर्यटकहरूको आवागमन बढ्दो छ। भारतीय विवाह तथा ठूला समारोहहरूलाई लक्षित गर्दै रिसोर्टमा एक हजार जना क्षमताको बैङ्क्वेट हल निर्माणको अन्तिम चरणमा पुगेको महाप्रबन्धक क्षितिजविक्रम खनालले जानकारी दिनुभएको छ।


रिसोर्टको थप लगानी र विस्तार योजना भए पनि काठबाट बनेका संरचनाका लागि स्पष्ट सरकारी कार्यविधि नहुँदा स्थानीय तहबाट निर्माण सम्पन्न प्रमाणपत्र लिन समस्या भइरहेको सञ्चालक मीनराज भुसालको गुनासो छ। स्थानीय तथा प्राकृतिक काठको प्रयोग गरी बनेका यस्ता मौलिक पर्यटकीय पूर्वाधारलाई राज्यले प्रोत्साहन गर्नुपर्ने सञ्चालक भुसालको भनाइ छ।
For more information on room rates and packages, please visit : www.tigerforesthotel.com
Note: All the photos are from the Tiger Forest Hotel Official Website.
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































