08/24/2026, 20:43:18
सोमबार, भदौ ०८, २०८३

वैदेशिक रोजगारीका नाममा लाखौँ ठगी गर्ने तीन जना काठमाडौँबाट पक्राउ


काठमाडौँ, भदौ ८ गते । वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा चेक रिपब्लिक पठाउने भनी ५ लाख ३५ हजार ठगी गर्ने झापाकी सुष्मा भण्डारी (२९ वर्ष), लिथुआनिया पठाउने भनी २ लाख ५० हजार ठगी गर्ने सिन्धुलीकी करिना देवकोटा र फिनल्यान्ड पठाउने भनी १२ लाख ठगी गर्ने झापाका साजन खनाल रहेका छन् ।

आकर्षक तलबको प्रलोभन देखाएर लामो समयसम्म झुक्याई विदेश नपठाई सम्पर्कविहीन भएका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।