08/24/2026, 20:43:18
सोमबार, भदौ ०८, २०८३

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा बालविकास सहजकर्ता बोहराविरुद्ध अख्तियारद्वारा मुद्दा दायर


काठमाडौँ, भदौ ८ गते । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

डडेल्धुराको आलिताल गाउँपालिका-५ स्थित भगवती प्राथमिक विद्यालय, पर्सेरावलमा कार्यरत बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली लब्धाङ्कपत्र र प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा पदमा बहाल रही पारिश्रमिक तथा सुविधा लिएकाले बोहराको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिमको कसुर ठहर गर्दै आयोगले कानुनबमोजिम कैद र जरिवानाको सजाय मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।